FAQs Complain Problems

समाचार

अग्नि पिडित परिवारलाई थप रु. २५,०००।–का दरले आर्थिक सहयोग गर्ने कार्यपालिकाको निर्णय।

२०७६ श्रावण ९ गतेका दिन यस नगरपालिका वडा नं.३ स्थित साघुटार बजारमा भएको आगलागिबाट ४ वटा घर पुर्ण रुपमा क्षतिग्रस्त भई करोडौ रुपैया बराबरको धनमाल क्षति हुन पुगेकोमा क्षतिग्रस्त ४ घरका ७ परिवारलाई सोहि दिन यस नगरपालिकाको तर्फबाट उप-प्रमुखको समुउपस्थितिमा तत्काल राहात सहयोगका लागि बसाई एवमं साद्यान्न सामाग्री, लत्ता कपडा र प्रति एक महिनाको कोठा भाडा समेत उपलब्ध गराईएको थियो। मिति २०७६।४।१९ गते बसेको नगर कार्यपालिकाको बैठकबाट ति अग्नि पिडित ४ घर परिवारलाई अस्थाई आवास प्रबन्ध स्वरुप रु.२५,०००।– दरले आर्थिक सहयोग गर्ने निर्णय भएको छ।