FAQs Complain Problems

समाचार

पोखरा महानगरपालिका र रामेछाप नगरपालिकाका न्यायिक समिति पदाधिकारी वीच सिकाई अनुभव आदन प्रदान एक सन्दर्भ । (२०७६।७।४)

समन्वयात्मक एवम सहयोगात्मक सिकाई विधि र प्रविधि २१ औ शताब्दीको उपाहार हो । एक आपसमा असल र सफल सिकाई अनुभव र अभ्यासहरुको आदन प्रदान गर्नु नै अनुकरणीय सञ्चार सीप हो । अनुकरणीय सञ्चार सीपको माध्यमवाट संस्थागत र व्यक्तिगत सक्षमता हासिल गरी उचित व्यवस्थापन गर्नु नै सक्षम नेतृत्वको पेशागत दक्षता हो । सक्षम नेतृत्वको अगुवाईमा गरिने नमूना कार्यहरु जसले सेवाग्राहीहरुको आवश्यकतालाईतत्काल सम्वोधन गर्ने मात्र नभै उनीहरुमा सन्तुष्टि समेत प्रदान गर्दछ । ती र त्यस्ता कार्यहरु असल अभ्यास र सिकाई अनुभवको रुपमा स्थापित हुने गर्दछ र ग्रहणयोग्य हुन्छ पनि । संयोगवस त्यो अवसर पोखरा महानगरपालिकाका उपप्रमुखज्यूको संयोजकत्वमा गठित तथा सहयात्रामा रहनु भएका न्यायिक समितिका पदाधिकारीहरु र रामेछाप नगरपालिकाका उपप्रमुखज्यूहरुको संयोजकत्वमा गठित न्यायिक समितिका क्रियाशिल पदाधिकारीहरुको समुपस्थितमा रामेछाप नगरपालिकाका प्रमुखज्यू र प्रमुख प्रशासकिय अधिकृत लगायतका अन्य शाखागत कर्मचारीहरुवीचको अभूतपूर्व प्रत्यक्ष परिचय र अनुभव आदन प्रदान कार्यक्रमले दुवै नगरपालिकाका न्यायिक समितिहरुवाट सम्पादन भए गरेका कार्यहरु माथि परिचित हुने अवसर प्राप्त भयो । उक्त अवसरमा पोखरा महानगरपालिका उपप्रमुख श्री मन्जुदेवी गुरुङ्ग , रामेछाप नगरपालिकाका प्रमुख श्री नरवहादुर थापामगर र उपप्रमुख श्री सृजना खड्कावाट आफ्नो नगरपालिकास्तरवाट सम्पादित विकास निर्माणका कार्यहरुको समेत संक्षिप्त जानकारी समेत गराउनु भएको थियो ।