FAQs Complain Problems

समाचार

समाचार

test it

नतिजा प्रकाशन सम्बन्धि सूचना (२०७७.३.२५)

रामेछाप नगरपालिका र अन्तर्गतका कार्यालयहरुमा रिक्त रहेका पदहरुमा सेवा करार मार्फत पदपुर्ति गर्नको लागि मिति २०७६/११/१५ गते प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धि सूचना बमोजिम नियमानुसार दरखास्त पेश गरी कार्यालयबाट सञ्चालित शारिरीक तन्दुरुस्ती परिक्षण, प्रयोगात्मक परिक्षा तथा अन्तरवार्तामा सहभागि भएक

रामेछाप नगरपालिकाको अपील।

रामेछाप नगरपालिकाको अपील यस नगरपालिकामा हालसालै काठमाण्डौ लगाएत अन्य स्थानबाट विभिन्न माध्यामबाट आउनुहुने सम्पुर्ण नागरिकहरुले आफ्नै घरमा सुरक्षित साथ सेल्फ क्वारेन्टाइनका नियमहरु पालना गरी २ हप्ता सम्म अनिवार्य बसिदिनहुन अनुरोध छ साथै यदि कोहि कसैलाई • एक्कासी 100.40 F ज्वरो आएमा, • लगातार सुख्ख

सूचना

सामुदायिक विद्यालयहरुमा दोश्रो चौमासिक (२०७६ मंसिर देखि फागुन ४ महिनाको) रकम सम्बन्धित विद्यालयको बैक खातामा जम्मा हुने गरी निकासा

रामेछाप नगरपालिका वडा नम्वर १ देखि ९ सम्म संचालित सामुदायिक विद्यालयहरुमा दोश्रो चौमासिक (२०७६ मंसिर देखि फागुन ४ महिनाको) रकम सम्बन्धित विद्यालयको बैक खातामा जम्मा हुने गरी निकासा गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना जारी गरिएको छ ।

व्यक्तिगत घटना दर्ताका सक्कल कागजात प्रमाणीकरण ।

Nepali

सेवा प्रकार:

लाग्ने समय: 
३ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३००
आवश्यक कागजातहरु: 

निवेदन ।

प्रमाणीकरण गर्नु पर्ने सक्कल कागजातहरु ।

 

संक्षिप्त परिचय

राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर तीन (३) रामेछाप जिल्लाको दक्षिण पूर्वमा अबस्थित यस नगरपालिकाको पूर्व तर्फ ओखलढुंगा जिल्ला दक्षिण तर्फ सिन्धुली जिल्ला छ भने उत्तर तर्फ लिखु गा.पा. र पश्चिम तर्फ मन्थली न.पा. रहेको छ। रामेछाप जिल्लामा रहेका दुइ नगरपालिका मध्य रामेछाप नगरपालिका एक हो। यस नगरपालिका नेपाल सरकार द्वारा वि.स.२०७२ मंसिर १६ गतेमा घोषणा गरिएको थियो। पुन: नगरपालिका गठन मिति : २०७३/११/२२ हो। नगरपालिका गठन हुंदा साविक गाविसहरु : रामेछाप, सुकाजाेर र ओख़ाेनी । हाल थप भएका गाविसहरु : गाेठगाँउ, देउराली, साँघुटार, हिमगंगा र रामपुर । वडा संख्या : ९ रहेकाे छ भने क्षेत्रफल : २०२.४५ ब.कि.मी.

संक्षिप्त परिचय

राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर तीन (३) रामेछाप जिल्लाको दक्षिण पूर्वमा अबस्थित यस नगरपालिकाको पूर्व तर्फ ओखलढुंगा जिल्ला दक्षिण तर्फ सिन्धुली जिल्ला छ भने उत्तर तर्फ लिखु गा.पा. र पश्चिम तर्फ मन्थली न.पा. रहेको छ। रामेछाप जिल्लामा रहेका दुइ नगरपालिका मध्य रामेछाप नगरपालिका एक हो। यस नगरपालिका नेपाल सरकार द्वारा वि.स.२०७२ मंसिर १६ गतेमा घोषणा गरिएको थियो। पुन: नगरपालिका गठन मिति : २०७३/११/२२ हो। नगरपालिका गठन हुंदा साविक गाविसहरु : रामेछाप, सुकाजाेर र ओख़ाेनी । हाल थप भएका गाविसहरु : गाेठगाँउ, देउराली, साँघुटार, हिमगंगा र रामपुर । वडा संख्या : ९ रहेकाे छ भने क्षेत्रफल : २०२.४५ ब.कि.मी.

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धमा।

प्रस्तुत विषयमा रामेछाप नगरपालिकाको आयोजना तथा सान नेपाल रामेछापको सहजीकरणमा रामेछाप नगरपालिका द्वारा चालु आ.व.

अत्यन्त जरुरी सूचना।

यस रामेछाप नगरपालिका अन्तरगत प्राथामिक तह स्थायी दरबन्दीमा नियुक्ति पत्र बुझि पदस्थापनाका लागि निवेदन दिएका प्राथामिक शिक्षकहरुले २०७६।८।५ गतेका दिन कार्यालय समय भित्र पदस्थापना पत्र बुझ्नका लागि सम्बन्धित सबैलाई जानकारी सहित अनुरोध छ।

सार्वजनिक निजि साझेदारीमा Library तथा ICT सामाग्री वितरण बारे जानकारी।

प्रस्तुत विषयमा सार्वजनिक निजि साझेदारीमा Library तथा ICT सामाग्री वितरण तपसिलको स्थान र मितिमा हुने भएकोले सम्बन्धी सबैमा जानकारी गराईन्छ।

तपसिल

स्थानः मन्थली मा.वि., मन्थली, रामेछाप

मितिः २०७६ मंसिर ४ गते

सामाग्रीहरुः 1. Desktop computer-2 gb ram 500 gb HHD

पुनः ताकेता वारे।

श्री तपसिलमा तोकिएका विद्यालयहरु
रामेछाप नगरपालिका

पुनः ताकेता वारे।

श्री तपसिलमा तोकिएका विद्यालयहरु
रामेछाप नगरपालिका

पोखरा महानगरपालिका र रामेछाप नगरपालिकाका न्यायिक समिति पदाधिकारी वीच सिकाई अनुभव आदन प्रदान एक सन्दर्भ । (२०७६।७।४)

समन्वयात्मक एवम सहयोगात्मक सिकाई विधि र प्रविधि २१ औ शताब्दीको उपाहार हो । एक आपसमा असल र सफल सिकाई अनुभव र अभ्यासहरुको आदन प्रदान गर्नु नै अनुकरणीय सञ्चार सीप हो । अनुकरणीय सञ्चार सीपको माध्यमवाट संस्थागत र व्यक्तिगत सक्षमता हासिल गरी उचित व्यवस्थापन गर्नु नै सक्षम नेतृत्वको पेशागत दक्षता हो । स

नियमित प्र.अ. बैठक २०७६।५।१३

रामेछाप नगरपालिकाका ५६ विद्यालयका प्र अ हरुको लागि वार्षिक कार्यक्रम प्रवोधिकरण तथा शैक्षिक सुशासन र वित्तिय अनुशासन विषयमा २०७६।५।१३ का दिन प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमज्यूको अध्यक्षतामा वसेको वैठकमा प्रमुख अतिथि प्रमुख श्री नरवहादुर थापामगरज्यू र विशेष अतिथि उपप्रमुख श्री सृजना खड्काज्यू ह

सुशासन सम्बन्धी गतिविधि।

यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री रमेश गौतमको अध्यक्षतामा खरिद इकाई समिति गठन भई उक्त समितिबाट कार्य प्रारम्भ गरिदै आएको छ साथै नियमित जिन्सी निरिक्षण गर्ने प्रयोजनार्थ यस कार्यालयका अधिकृत श्री कृष्ण भुजेलको संयोजकत्वमा जिन्सी निरिक्षण समुह गठन गरिएको छ। यसरी गठित जिन्सी निरिक्षण समुह

अग्नि पिडित परिवारलाई थप रु. २५,०००।–का दरले आर्थिक सहयोग गर्ने कार्यपालिकाको निर्णय।

२०७६ श्रावण ९ गतेका दिन यस नगरपालिका वडा नं.३ स्थित साघुटार बजारमा भएको आगलागिबाट ४ वटा घर पुर्ण रुपमा क्षतिग्रस्त भई करोडौ रुपैया बराबरको धनमाल क्षति हुन पुगेकोमा क्षतिग्रस्त ४ घरका ७ परिवारलाई सोहि दिन यस नगरपालिकाको तर्फबाट उप-प्रमुखको समुउपस्थितिमा तत्काल राहात सहयोगका लागि बसाई एवमं साद्यान

मेयर कप सम्बन्धी सुचना।

रामेछाप नगरपालिकाको आ.व. २०७५।७६ को स्वीकृत बजेट तथा कार्यक्रम अनुसार "रामेछाप नगरपालिका प्रथम मेयर कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०७६" मिति २०७६ असार २५ गते देखि रामेछाप नगरपालिकाको वडा नं.८ स्थित टुडिखेल मैदानमा हुने भएकोले सम्बन्धीत सबैमा जानकारी गराइएको छ।

आगामी आ.व. २०७६।७७को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा असाढ २० गते सम्म सुझाव दिनको लागि नगर सभा सदस्य ज्यूहरुलाई अनुरोध छ।

रामेछाप नगरपालिकाको आगामी आ.व. २०७६।७७ को पाचौं नगर सभामा रामेछाप नगरपालिकाका उप-प्रमुख श्री सृजना खड्का ज्यू ले पेश गर्नु भएको वार्षिक नीति, कार्यक्रम तथा बजेट

भत्ता रकम बुझ्न

Nepali

सेवा प्रकार:

लाग्ने समय: 
एक दिन
जिम्मेवार अधिकारी: 
पञ्जिकरण शाखा वा वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

बैंकबाट भत्ता वितरणको व्यवस्था भएको वडाको हकमा वडा कार्यालय तथा नगरपालिका कार्यालयबाट सिफारिस लिई सम्बन्धित बंैकमा खाता खोेली खाता मार्फत भत्ता रकम बुझ्न सकिने छ। बैंकबाट वितरणको व्यवस्था नभएका वडाको हकमा वडा कार्यालयबाट भत्ता रकम बुझ्न सकिने छ।

सामाजिक सुरक्षा भत्ता परिचय पत्र नविकरण

Nepali

सेवा प्रकार:

लाग्ने समय: 
एक दिन
जिम्मेवार अधिकारी: 
पञ्जिकरण शाखा वा वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

सामाजिक सुरक्षा भत्ता पाएका व्यक्तिहरुले हरेक वर्ष मंसिर १ गते देखि १५ गते सम्म सम्बन्धित वडा कार्यालयमा वा नगरपालिका कार्यालयमा आइ अनुसुची फाराम भरी आफ्नो परिचय पत्र अनिवार्य रुपमा नविकरण गराउनु पर्ने छ। सो का लागि निम्नानुसार कागजात पेश गर्नुपर्ने छ।
१. परिचय पत्रको प्रतिलिपि –१ प्रति
२. नागरिकता प्रमाण पत्रको प्रतिलिपि –१ प्रति
३. अन्यत्रको नागरिकता प्रमाण पत्र भए बसाई सराई प्रमाण पत्रको प्रतिलिपि –१ प्रति
४. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फोटो २ प्रति
५. सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनु पर्ने छ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत, जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक अन्य, एक्कल महिला, विधवा महिला, क र ख वर्गका असक्त अपाङ्ग र दलित बालबालिका भत्ताका लगायतको लागि परिचयपत्र बनाउन

Nepali

सेवा प्रकार:

लाग्ने समय: 
एक दिन
जिम्मेवार अधिकारी: 
पञ्जिकरण शाखा वा वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

हरेक वर्षको मंसिर १ गते देखि १५ गते सम्म सम्बन्धित वडा कार्यालयमा वा नगरपालिका कार्यालयमा निम्नानुसार कागजात राखि निवेदन पेश गर्नुपर्ने छ।
१. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि–१ प्रति
२. विधवा महिलाको लागि पतिको मृत्युदर्ताको प्रमाण पत्रको प्रतिलिपि विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि, मृत्यु पछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि–१÷१ प्रति
३. अशक्त अपाङ्गगता भएकाहरुको लागि अपाङ्गगताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नाबालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि–१÷१ प्रति
४. दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बाबु र आमाको विवाह दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि–१÷१ प्रति
५. सम्बन्धित व्यक्तिको पि.पि. साइजको २÷२ प्रति फोटो
६. बसाई सराई गरि आएको व्यक्तिहरुको हकमा बसाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि–१÷१ प्रति
७. सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनु पर्ने छ।

सम्बन्ध विच्छेद

Nepali

सेवा प्रकार:

लाग्ने समय: 
एक दिन
जिम्मेवार अधिकारी: 
वडा कार्यालयको स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क त्यस पछि बिलम्ब शुल्क रु.११०
आवश्यक कागजातहरु: 

१. अदालतको फैसलाको प्रतिलिपि–१ प्रति
२. सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची फाराम
३. सुचकले नागरिकता प्रमाण पत्रको सक्कल र प्रतिलिपि–१ प्रति
४. नगरपालिका बाहिरबाट आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि–१ प्रति

बसाई सराई दता

Nepali

सेवा प्रकार:

लाग्ने समय: 
एक दिन
जिम्मेवार अधिकारी: 
वडा कार्यालयको स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क त्यस पछि बिलम्ब शुल्क रु.११०
आवश्यक कागजातहरु: 

१. बसाई सरी आएको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश गर्नुपर्ने (बसाई सराई दर्ता प्रमाण पत्र सहित)
२. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि–१ प्रति
३. घर मुलीको ना.प्र.पत्रको प्रतिलिपि –१ प्रति
४. बसाई सरी आएको हकमा नगरपालिका भित्र बसोबास भएको जग्गा धनि प्रमाण पूर्जाको प्रतिलिपि –१ प्रति
५. बसाईसराई गरी आएकाहरुले नागरिकताको प्रतिलिपि वा जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि –१÷१ प्रति
६. मालपोत तिरेको रसिदको प्रतिलिपि –१ प्रति

विवाह दर्ता

Nepali

सेवा प्रकार:

लाग्ने समय: 
एक दिन
जिम्मेवार अधिकारी: 
वडा कार्यालयको स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क त्यस पछि बिलम्ब शुल्क रु.११०
आवश्यक कागजातहरु: 

१. पति÷पत्नी दुबैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसुची फाराम
२. पति पत्नी स्वयं अनिवार्य उपस्थित हुनु पर्ने
३. पतिको नागरिकताको सक्कल र प्रतिलिपि –१ प्रतिअनिवार्य पेश गर्नु पर्ने
४. पत्नीको विवाह हुनु अगावै नागरिकता–१ प्रति बनेको भए अनिवार्य पेश गर्नु पर्ने
५. पत्नीको नागरिकता प्रमाण पत्र नबनाको भए जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि–१ प्रति
६. पत्नीले आफ्नो पिता वा माइति तर्फको एकाकघरको नागरिकताको प्रतिलिपि–१ प्रति अनिवार्य पेश गर्नुपर्ने

मृत्यु दर्ता

Nepali

सेवा प्रकार:

लाग्ने समय: 
एक दिन
जिम्मेवार अधिकारी: 
वडा कार्यालयको स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क त्यस पछि बिलम्ब शुल्क रु.११०
आवश्यक कागजातहरु: 

१. सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसुची फाराम
२. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि–१ प्रति
३. मृतकको ना.प्र.प.को सक्कल र प्रतिलिपि–१ प्रति
४. न.पा.बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि–१ प्रति
५. अस्पतालमा मृत्यु भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपि–१ प्रति

जन्म दता

Nepali

सेवा प्रकार:

लाग्ने समय: 
एक दिन
जिम्मेवार अधिकारी: 
वडा कार्यालयको स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क त्यस पछि बिलम्ब शुल्क रु.११०
आवश्यक कागजातहरु: 

१. सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम
२. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि–१ प्