समाचार
७ (सात) दिने सार्वजनिक सूचना प्रकाशन गरिएको सम्वन्धमा ।
७ (सात) दिने सार्वजनिक सूचना प्रकाशन गरिएको सम्वन्धमा ।
प्रस्तुत विषयमा रामेछाप नगरपालिकाका सबै वडाहरुमा भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुले सम्वन्धित वडाहरुमा पेश गरेको देहायका भूमिहिन सुकुम्वासीले नेपाल राज्यभर हालसम्म आफू र आफ्नो परिवारको नाममा जग्गा जमिन नभएकोले र अव्यवस्थित वसोवासीहरुले अव्यवस्थित बसोवासीको रुपमा सम्वन्धित वडाको सरकारी ऐलानी पर्ति वा सरकारी अभिलेखमा वन जनिएको भए तापनि आवादीमा परिणत भएको जग्गामा २०६६/१०/२८ भन्दा अघीदेखि (कम्तिमा १० बर्षदेखि) आबाद कमोद गरी घर टहरा बनाई बसेको र २०७६ माघ २८ गते पछि आफू र आफ्नो परिवारका सदस्यहरुलाई नेपाल सरकारले कुनैपनि प्रकारको कुनै जग्गा वा जग्गाको स्वामित्व सहितको आवास उपलव्ध नगराएको भनि आफूलाई भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीको रुपमा दावी गर्दै सुकुम्बासीहरुले आफ्नो लागि जग्गा निशुल्क पाउन र अव्यवस्थित वसोवासीहरुले आफूले आवाद कमोद गर्दै आइरहेको जग्गा पाउन बडा मार्फत प्रमाणीकरण भई यस नगरपालिकामा प्रमाणिकरणको लागि पेश गरेको हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । निवेदनमा उल्लेखित बेहोरा संशोधन गर्नु परेमा निवेदन स्वयंले र कुनै दावी विरोध भए जोसुकैले सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र सप्रमाण नगरपालिकाको भूमि शाखामा निवेदन वा उजुरी गर्नहुन र तोकिएको समयमा दावी विरोध तथा संशोधनको निवेदन प्राप्त नभएमा नियमानुसार प्रकृया अघि वढाइने बेहोरा समेत जानकारी गराइन्छ ।
