FAQs Complain Problems

नवौ नगर सभामा पेश भएको आ.व. २०७८/७९ को नीति कार्यक्रम तथा बजेट

"कृषि, पर्यटन, खानेपानी हाम्रो पुर्वाधार,

रामेछाप नगर विकासको दिगो आधार। "

भन्ने रामेछाप नगरपालिकाको प्रथम सभाले लिएको लक्ष्यलाई आत्म साथ गर्दै आज मिति २०७८/०३/१० गतेका दिन रामेछाप नगरपालिकाको प्रमुख श्री नर बहादुर थापा मगर ज्यूको अध्यक्षतामा नवौं नगर सभा सम्पन्न भएको छ।

सभामा रामेछाप नगरपालिकाका उप-प्रमुख श्री सृजना खड्काले आगामी आर्थिक वर्षमा सञ्चित कोष तर्फ संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान १५ करोड ४१ लाख, सशर्त अनुदान चालु २४ करोड ५१ लाख, सशर्त अनुदान पुँजिगत १ करोड ३८ लाख, विशेष अनुदान पुँजिगत १ करोड २५ लाख, समपुरक अनुदान पुँजिगत ७२ लाख, बागमती प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान १ करोड ३४ लाख ९९ हजार, सशर्त अनुदान चालु २५ लाख ५४ हजार, सशर्त अनुदान पुँजिगत १ करोड ८० लाख ७५ हजार, समपुरक अुनदान पुँजीगत ३ करोड, संघिय सरकार तथा बागमती प्रदेश सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुने १२ करोड ९४ लाख ३६ हजार ६ सय ६५ रुपैंया ५२ पैसा र नगरपालिकाको विभिन्न शिषर्कबाट प्राप्ट हुने आन्तरिक आयबाट प्राप्त हुने ५६ लाख ७० हजार समेत गरी कुल ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैंया ५२ पैसा आम्दानी हुने अनुमान पेश गर्नु भएको छ।

त्यस मध्ये चालु तर्फ नगरकार्यपालिका कार्यालय तर्फ ३१ करोड १३ लाख १८ हजार ३ सय ३४ रुपैया ४८ पैसा, वडा कार्यालय तर्फ ८९ लाख ५५ हजार, विषयगत शाखा तर्फ ३ करोड ७८ लाख २५ हजार, र पुँजिगत तर्फ नगरकार्यपालिका २१ करोड ३१ लाख १० हजार ६ सय पैसठ्ठि रुपैया ५२ पैसा, वडा कार्यालय तर्फ ५ करोड ७८ लाख ३५ हजार ६ सय ६५ रुपैंया ५२ पैसा, विषयगत शाखा तर्फ २९ लाख विनियोजन गरिएकोछ । यसबाट आर्थिक वर्ष २०७८÷०७९ का लागि चालु ३५ करोड ८० लाख ९८ हजार ३ सय ३४ रुपैंया ४८ पैसा र पुँजिगत २७ करोड ३८ लाख ४६ हजार ३ सय ३१ रुपैंया ४ पैसा गरी कुल जम्मा ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैंया ५२ पैसा व्यय हुने अनुमान गरी सन्तुलित बजेट प्रस्तुत गर्नु भएको छ।

साथै नगर सभाका केही भलकहरु