रामेछाप नगरपाालिकाको नगर प्रहरीमा भर्ति हुनु भएको नगर प्रहरी हवल्दारलाई दर्जानी चिन्ह र प्रहरी जवानहरुलाई टिका लगाएर काम कर्तव्यको बारेमा निर्देशन दिनु हुदै यस नगरपालिकाको प्रमुख श्री नर बहादुर थापा मगर र उप-प्रमुख श्री सृजना खड्का। (२०७७.४.२७ )
समाचार
फोटो ग्यालरी
रामेछाप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री दिपेन्द्र पौडेलज्यूको विदाई समारोह।
मितिः २०७७/४/२६
रामेछाप नगरपालिकाकाे प्रमुख श्री नर बहादुर थापा मगर र उप-प्रमुख श्री सृजना खड्काको आतिथ्यमा नगर प्रहरी दिक्षान्त समारोह कार्यक्रम। मिति: २०७७/०४/२५ गते जिल्ला प्रहरी कार्यालय मन्थली।
नयाँ गोरख गण रामेछापका गणपति प्रमुख सेनानी गणेश भण्डारीज्युहरूलाई बिदाइ र सोही गणका नव गणपति आदरणीय बिष्णु सापकोटाज्युको स्वागत गर्दाका केही तस्विरहरु
सम्पत्ति तथा व्यवसायिक करको सफ्टवेयर सञ्चालन सम्बन्धि ३ दिवसिय वडा सचिवहरुलाई क्षमता विकास तालिम सञ्चालन भई आज रामेछाप नगरपालिकाका उप-प्रमुख श्री सृजना खड्का ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरियो।
मितिः २०७७/०४/२०
रामेछाप नगरपालिका द्वारा भालुखोपमा सञ्चालित ५ दिने होम स्टे व्यवस्थापन तथा कुक तालिम कार्यक्रम उप-प्रमुख श्री सृजना खड्का द्वारा प्रमाण-पत्र विरतण गरी समापन गरियो। (२०७७/३/१८)
सातौं नगर सभा
"कृषि, पर्यटन, सडक, खानेपानी हाम्रो पूर्वाधार,
रामेछाप नगर विकासको दिगो आधार"
भन्ने मुल नाराका साथ रामेछाप नगरपालिकाको आ.व. २०७७/७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुतिकरण।
मितिः २०७७ आषाढ १० गते
रामेछाप नगरपालिकाको छैठौं नगर सभा सम्पन्न भएको छ। नगर सभाबाट चार वटा ऐन पारित भएको छ। पारित भएका ऐनहरुः
१. रामेछाप नगरपालिकाको आर्थिक कार्यविधि ( नियमित तथा व्यवस्थित) ऐन २०७६
२. रामेछाप नगरपालिकाको पशुस्वास्थ्य तथा पशु सेवा ऐन २०७६
३. रामेछाप नगरपालिकाको कर र गैर कर राजस्व उठाउने सम्बन्धि ऐन २०७६
४. रामेछाप नगरपालिकाको फोहोर मैला व्यवस्थापन ऐन २०७६
रामेछाप नगरपालिकाको चालु आ.व. २०७६/७७ को पहिलो चौमासिक अवधिमा प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारीता विषयक "सार्वजनिक सुनुवाई" कार्यक्रम मिति २०७६ पौष ११ गते सम्पन्न भयो। साथै सोही कार्यक्रमको अवसरमा मिति २०७६/४/१० मा साँघुटार बजारमा आगलागि भै रामेछाप नगर कार्यपालिकाको मिति २०७६/४/१९ को निर्णयानुसार श्री अंकित श्रेष्ठ, श्री अनिस थापा मगर, श्री हरि माया मगर र श्री राजन कुमार सुवेदीलाई जनही रु. २५,००० को दरले सहयोग रकम वितरण गरियो।
प्रधानाध्यापक र वि.व्य.स. अध्ययक्षहरुका लागि विद्यालय सुधार योजना, सामाजिक परिक्षण र विद्यालय अनुगमन एवम् सुपरिवेक्षण साधन तथा शैक्षिक सुशासन सम्बन्धि एक दिवसिय गोष्ठी (२०७६/०९/०९)
Video हेर्न तलको link मा click गर्नुहोस
महिला सरोकारका सवाल, महिला अधिकार र स्थानिय सरकारको विकास गतिविधिमा केन्द्रित रही नगरका महिला दिदी बहिनिहरु र उप-प्रमुख बीच "उप-मेयरसँग आज" कार्यक्रम सम्पन्न गरियो।
बालबालिकाका सरोकारका सवाल र बाल अधिकारको विषयमा केन्द्रित रही नगरका सबै सामुदायिक माध्यामिक विद्यालय / संस्थागत विद्यालय तथा नगरपालिका केन्द्र आसपासका आधारभुत विद्यालयमा अध्ययनरत करिव १०० जना बिद्यार्थीहरु र नगर पालिका प्रमुख बीच "बालबालिकासंग मेयर" कार्यक्रम सम्पन्न गरियो।
समन्वयात्मक एवम सहयोगात्मक सिकाई विधि र प्रविधि २१ औ शताब्दीको उपाहार हो । एक आपसमा असल र सफल सिकाई अनुभव र अभ्यासहरुको आदन प्रदान गर्नु नै अनुकरणीय सञ्चार सीप हो । अनुकरणीय सञ्चार सीपको माध्यमवाट संस्थागत र व्यक्तिगत सक्षमता हासिल गरी उचित व्यवस्थापन गर्नु नै सक्षम नेतृत्वको पेशागत दक्षता हो । सक्षम नेतृत्वको अगुवाईमा गरिने नमूना कार्यहरु जसले सेवाग्राहीहरुको आवश्यकतालाईतत्काल सम्वोधन गर्ने मात्र नभै उनीहरुमा सन्तुष्टि समेत प्रदान गर्दछ । ती र त्यस्ता कार्यहरु असल अभ्यास र सिकाई अनुभवको रुपमा स्थापित हुने गर्दछ र ग्रहणयोग्य हुन्छ पनि । संयोगवस त्यो अवसर पोखरा महानगरपालिकाका उपप्रमुखज्यूको संयोजकत्वमा गठित तथा सहयात्रामा रहनु भएका न्यायिक समितिका पदाधिकारीहरु र रामेछाप नगरपालिकाका उपप्रमुखज्यूहरुको संयोजकत्वमा गठित न्यायिक समितिका क्रियाशिल पदाधिकारीहरुको समुपस्थितमा रामेछाप नगरपालिकाका प्रमुखज्यू र प्रमुख प्रशासकिय अधिकृत लगायतका अन्य शाखागत कर्मचारीहरुवीचको अभूतपूर्व प्रत्यक्ष परिचय र अनुभव आदन प्रदान कार्यक्रमले दुवै नगरपालिकाका न्यायिक समितिहरुवाट सम्पादन भए गरेका कार्यहरु माथि परिचित हुने अवसर प्राप्त भयो । उक्त अवसरमा पोखरा महानगरपालिका उपप्रमुख श्री मन्जुदेवी गुरुङ्ग , रामेछाप नगरपालिकाका प्रमुख श्री नरवहादुर थापामगर र उपप्रमुख श्री सृजना खड्कावाट आफ्नो नगरपालिकास्तरवाट सम्पादित विकास निर्माणका कार्यहरुको समेत संक्षिप्त जानकारी समेत गराउनु भएको थियो ।
रामेछाप नगरपालिका द्वारा मिति २०७६।६।१४ गतेका दिन यही २०७६ सालको वडा दशै, शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम एक समारोहका विच सम्पन्न भयो। उक्त कार्यक्रम रामेछाप नगर पालिकाका उप-प्रमुख श्री सृजना खड्का ज्यू को अध्यक्षतामा भएको थियो। सो कार्यक्रममा प्रदेश सभा सदस्य माननिय शान्ति प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा राजनितिक पार्टी प्रतिनिधिहरु, नगर कार्यपालिका सदस्यहरु, नगर स्थित सरकारी कार्यालयहरुका कार्यालय प्रमुख, नगरपालिकाका नागरिक अगुवा तथा उद्योग व्यापारी एवम् रामेछाप नगर पालिकाको राष्ट्र सेवक कर्मचारीहरुको उपस्थितिमा शुभकामना आदान प्रदान भएको थियो। उक्त कार्यक्रममा प्रदेश सभा सदस्य माननिय शान्ति प्रसाद पौडेल, उप-प्रमुख सृजना खड्का, ने क पा पार्टीको जिल्ला नेता आनन्द श्रेष्ठ, ने का पार्टीका जिल्ला सचिव लेख बहादुर कार्की र रामेछाप न पा कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले शुभकामना मन्तव्य दिनु भएको थियो। उक्त समारोहमा रामेछापका तेक्वान्दो खेलाडीहरुले आफ्नो खेल प्रदर्शन गरेका थिए।
यस रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७५।०७६ को वार्षिक कार्यक्रम प्रगति समीक्षा गोष्ठी २०७६ भाद्र ३१ गतेका दिन नगर पालिका प्रमुख श्री नर बहादुर थापा मगर ज्यूको अध्यक्षतामा जिल्ला समन्वय समिति रामेछापका प्रमुख श्री प्रेम बहादुर खड्का ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उक्त समीक्षा गोष्ठीमा कार्यपालिका सदस्यज्यूहरु, स्थानिय राजनिति दलका प्रतिनिधिहरु,रामेछाप न पा स्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरु, पत्रकारहरु र न.पा. अन्तर्गतका कर्मचारीहरुको उपस्थिति रहेको थियो। उक्त प्रगति समीक्षा गोष्ठीमा उप-प्रमुख श्री सृजना खड्का ज्यूबाट स्वागत मन्तव्य सहित संक्षिप्त प्रगति स्थितिको बारेमा जानकारी भएको थियो। उक्त गोष्ठीमा उठेका जिज्ञासाहरु माथि प्रमुख प्रशासकीय अधिकृत श्री रमेश गौतमज्यूले सम्बोधन गर्नु भएको थियो।
२०७६ श्रावण ९ गतेका दिन यस नगरपालिका वडा नं.३ स्थित साघुटार बजारमा भएको आगलागिबाट ४ वटा घर पुर्ण रुपमा क्षतिग्रस्त भई करोडौ रुपैया बराबरको धनमाल क्षति हुन पुगेकोमा क्षतिग्रस्त ४ घरका ७ परिवारलाई सोहि दिन यस नगरपालिकाको तर्फबाट उप-प्रमुखको समुउपस्थितिमा तत्काल राहात सहयोगका लागि बसाई एवमं साद्यान्न सामाग्री, लत्ता कपडा र प्रति एक महिनाको कोठा भाडा समेत उपलब्ध गराईएको थियो। मिति २०७६।४।१९ गते बसेको नगर कार्यपालिकाको बैठकबाट ति अग्नि पिडित ४ घर परिवारलाई अस्थाई आवास प्रबन्ध स्वरुप रु.२५,०००।– दरले आर्थिक सहयोग गर्ने निर्णय भएको छ।
मिति २०७५ पौष १८ र १९ गते रामेछाप नगरपालिका वडा नं. ३, साघुटारको श्री सेती देवी आधारभुत विद्यालय थाक्लेको नवनिर्मित विद्यालय भवन समुद्घाटन कार्यक्रम तथा सोही विद्यालय भवन प्रांगणमा रामेछाप नगरपालिका द्वारा आयोजित घुम्ती शिविर
निजामती सेवा दिवस २०७५ को अवसरमा पहिलो सेवाग्राहीलाई सम्मान गर्दै, भाद्र २२ गते
निजामती सेवा दिवस २०७५ को उपलक्ष्यमा कार्यालय परिसर सरसफाई कार्यक्रम, भाद्र २१ गते
नगरसभामा सहभागिता
पाहुनाहरुबाट शुभकामना मन्तव्य
रामेछाप नगरपालिकाको तेस्रो नगर सभा प्रमुख अथिति ३ नं. प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री माननिय श्री कैलाश प्रसाद ढुङ्गेलज्यूको आथित्यमा सम्पन्न भयो ।
आज २०७५ अषार १६ गतेका दिन रामेछाप नगर पालिकाको आयोजनामा हरित सहर बनाउने लक्ष्यका साथ वडा नं. ८ बिटार देखि भंगेरि सम्म सडकको दांया बांया वृक्षारोपण गरियो । साथै श्री नन्दा बक्स गण रामेछापको सहभागिता र वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु राष्ट सेवक कर्मचारीहरु सर्वसाधारण नागरिकहरुको सहभागिता थियो । साथै सहभागिता भै सहयोग गर्नु भएकोमा सबै पक्षमा धन्यवाद । रानपा नगर प्रमुख
एकीकृत सम्पति कर २०७५ श्रावण १ गते देखि लागु हुने हुंदा २ दिने छलफल गोष्टी सम्पन्न भयो ।
आ.व २०७३ को ३ र ४ गते नगरपालिकाका कर्मचारीको सूचना तथा संचार बारे जानकारि दिइएको थियो। प्रयोगात्मक सिकाइले कर्मचारीहरुको क्षमता विकासमा मद्दत पुगेको छ।उक्त कार्यक्रमको संयोजक कर्यकारी अधिकृत श्री मोहन कुमार मिश्रा हुनुहुन्थ्यो।तालिम जिल्ला विकास समिति रामेछापको सूचना तथा संचार स्वयमसेवक लिजना खड्का प्रशिक्षक हुनुहुन्थयो।